सरकारले गर्यो थप ५७ वटा हिमाल आरोहणका लागि खुल्ला

सेयर गर्नुहोस्

काठमाडौँ – सरकारले थप ५७ वटा हिमाल आरोहणका लागि खुला गरेको छ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले थप ५७ हिमाल आरोहणका लागि खुला गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

उनले भने,’नेपालमा हिमालै हिमालको देश भनिए पनि अझै पनि हाम्रा धेरै हिमालहरु पर्वतारोहणका लागि खुला गरिएको छैन। यस पटक नेपाल सरकारको यो निर्णयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत रहेका हिमालहरुको आरोहणका लागि थप ५७ वटा अहिलेसम्म खुला नभएका हिमालहरुलाई आरोहणका लागि खुला गर्ने निर्णय गरेको छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *