कार्यालय प्रयोजनका लागि मात्रै संघीय संसद सचिवालयको तीन महिनामा इन्धनमा डेढ करोड रुपैयाँ भन्दा बढी रकम खर्च

सेयर गर्नुहोस्

२२ असोज, काठमाडौं –संघीय संसदले तीन महिनामा इन्धनमा डेढ करोड रुपैयाँ भन्दा बढी रकम खर्च गरेको छ ।संघीय संसदले संसदका पदाधिकारी र कार्यालय प्रयोजनका लागि इन्धन खर्च गर्ने गरेको छ । पदाधिकारीले कति इन्धन खर्च पाउने भनेर ऐनमै तोकिएको छ ।पदाधिकारीले पाउने बाहेक कार्यालय प्रयोजनका लागि मात्रै गत वैशाख, जेठ र असारमा इन्धनमा संसद सचिवालयको एक करोड ५२ लाख सात हजार ७८० खर्च भएको हो ।

संसद सचिवालयले प्रकाशन गरेको त्रैमासिक संसद दर्पणमा यससम्बन्धी विवरण छ । २०८१ साल वैशाख १ गतेदेखि असार मसान्तसम्मको मुख्य कार्यहरू समेटिएको संसद दर्पण हालै प्रकाशन भएको छ ।

विवरण अनुसार तीन महिनामा कर्मचारीको बैठक भत्तामा २६ लाख ९० हजार सात सय खर्च भएको छ । कर्मचारी प्रोत्साहन तथा पुरस्कारमा पाँच करोड, २९ लाख ७२ हजार ६८५ खर्च भएको छ ।

पारिश्रमिक, पोशाक, महंगी भत्ता, उपचार खर्च, पानी, विजुुली र संचार खर्च, सवारी साधन मर्मत लगायत सबै शिर्षकमा तीन महिनामा संघीय संसदको ३९ करोड १६ लाख ४६ हजार ४०८ रुपैयाँ खर्च भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *