अवतरण अनुमति म्याद सकिएपछि थाई एयर एसियाको जहाज आकाशमै ‘होल्ड’

सेयर गर्नुहोस्

११ कात्तिक, काठमाडौं –अवतरण अनुमति सकिएको (एक्स्पायर) भएको जहाज लिएर आएपछि थाई एयर एसियाको जहाज आकाशमै ‘होल्ड’ हुन पुगेको छ । यो जहाज २ बजे अवतरण गर्नुपर्ने तालिका थियो । तर, अनुमति नपाएपछि जहाज ‘गुराँस प्वाइन्ट’ मा होल्ड गराइएको छ ।

थाई एयर एसियाको जहाज थाइल्यान्डको बैंककबाट काठमाडौं आएको हो । यात्रुसहित जहाज होल्डमा बसिरहेको छ ।विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार थाई एयर एसियाले ल्याएको जहाजको अवतरण अनुमति शनिबारसम्मको मात्र थियो ।आजदेखि ‘विन्टर सेड्युल’ लागु भएको छ । सोहीकारण यो जहाज काठमाडौंमा अवतरण गर्न पाउँदैन । ‘अब जहाज डाइभर्ट हुनुपर्छ, नेपालमा बस्ने अनुमति छैन,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *