मनाङेलाई आजै अदालतमा उपस्थित गराइ कारागार चलान गरिने

सेयर गर्नुहोस्

२७ कात्तिक, काठमाडौं –काठमाडौंबाट पक्राउ परेका गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङेलाई आजै अदालतमा उपस्थित गराइने भएको छ । अदालतमा उपस्थित गराएपछि कारागार चलान गरिने छ ।

काठमाडौं सानोभर्‍याङको कम्फर्ट हाउजिङबाट उनलाई सीआईबीको टोलीले आज बिहान पक्राउ गरेको थियो । सीआईबी प्रमुख दीपक थापाले मनाङेलाई फैसला कार्यान्वयनका लागि आज जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएर कारागार चलान गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *