२७ कार्तिक, काठमाडौँ – नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) १२औँ महाधिवेशनको तयारीमा जुटेको छ । पार्टी सभापति शेरबहादुर देउवाले आगामी चैतभित्र महाधिवेशन गर्न निर्देशन दिएका थिए । सोही आधारमा पार्टी सहमहामन्त्री किशोरसिंह राठौरको संयोजकत्वमा तीन सदस्यीय केन्द्रीय निर्देशन समिति गठन गरिएको थियो ।
निर्देशन समितिको समन्वयमा नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले एक विधान संशोधन एवं परिमार्जन समिति गठन गरेका छन् । तोकिएकै समयभित्र महाधिवेशन सम्पन्न गर्न नेविसंघ केन्द्रीय सदस्य नगेन्द्र प्रसाद आचार्य (एन.पि) को संयोजकत्वमा ३ सदस्यीय विधान संशोधन एवं परिमार्जन समिति गठन गरेका हुन् ।
समिति सदस्यमा विवेक लिम्बू, राजेश कुमार श्रेष्ठ, सुनिल शाही र मञ्जु विश्वकर्मा रहेका छन् । विधान समिति गठन भएसँगै लामो समयदेखि हुन नसकेको महाधिवेशन समयमै सम्पन्न हुने नेविसंघ नेता कार्यकर्ताले विश्वास लिएका छन् ।