आगामी मंसिर ७ बाट देशव्यापी आन्दोलन गर्ने दुर्गा प्रसाईँको घोषणा

29 October, 2025 198 Views
आगामी  मंसिर ७ बाट देशव्यापी आन्दोलन गर्ने दुर्गा प्रसाईँको घोषणा
198

कात्तिक, काठमाडौं । ‘राष्ट्र, राष्ट्रियता, धर्म(संस्कृति र नागरिक बचाऊ’ अभियानका संयोजक दुर्गा प्रसाईंले मंसिर ७ गतेदेखि आन्दोलन गर्ने घोषणा गरेका छन् ।

बुधबार राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारीसँगको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रसाईंले मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलन गर्ने सुनाए । आन्दोलन शान्तिपूर्ण हुने र मेचीदेखि महाकालीसम्मका क्षेत्रमा सञ्चालन हुने उनको भनाइ छ । मंसिर ७ गते दिल्लीमा दलहरू र माओवादीबीच १२ बुँदे सम्झौताका कारण मुलुक अप्ठ्यारो अवस्थामा आइपुगेको जिकिर गर्दै उनले मंसिर ७ गतेदेखि नै आन्दोलन सुरू गर्न लागेको बताए ।

 आन्दोलनका क्रममा कसैले घुसपैठ गरे त्यसको जबाफदेही अभियान नहुने प्रसाईँले बताए । जेन(जी आन्दोलन हाइज्याक भएर विदेशीको इशारामा सत्ता हत्याउने काम भएको भन्दै प्रसाईँले त्यस्तो आन्दोलन आफूहरूको नहुने प्रष्ट पारे ।

Related Post