आज डलरको मूल्य १५२ रुपैयाँ ९९ पैसा

16 August, 2026 9 Views
आज डलरको मूल्य १५२ रुपैयाँ ९९ पैसा
9

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार एक अमेरिकी डलरको खरिददर १५२ रुपैयाँ ३९ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९९ पैसा कायम भएको छ।

त्यस्तै, एक युरोको खरिददर १७६ रुपैयाँ ६ पैसा र बिक्रीदर १७६ रुपैयाँ ७५ पैसा तोकिएको छ। बेलायती पाउन्डको खरिददर २०६ रुपैयाँ ११ पैसा र बिक्रीदर २०६ रुपैयाँ ९२ पैसा रहेको छ।

यसैगरी, अस्ट्रेलियन डलर, क्यानेडियन डलर र सिंगापुर डलरको विनिमयदर पनि राष्ट्र बैंकले सार्वजनिक गरेको छ।

राष्ट्र बैंकले दैनिक रूपमा विदेशी मुद्राको विनिमयदर सार्वजनिक गर्दै आएको छ। बैंक तथा वित्तीय संस्थाले भने आफ्नो कारोबारअनुसार फरक दर निर्धारण गर्न सक्नेछन्।

Related Post