आज देशभर मौसम सफा रहने

16 October, 2025 69 Views
आज देशभर मौसम सफा रहने
69

असोज,काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने र बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहने छ ।


कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहने छ । त्यसैगरी, आज राति देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

Related Post