आज देशभर विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाइँदै, टुँडिखेलमा विशेष समारोह

29 May, 2026 61 Views
आज देशभर विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाइँदै, टुँडिखेलमा विशेष समारोह
61

काठमाडौँ।
देशभर आज विभिन्न कार्यक्रमका साथ गणतन्त्र दिवस भव्य रूपमा मनाइँदै छ। यसै अवसरमा राजधानीको सैनिक मञ्च टुँडिखेलमा एक विशेष समारोहको आयोजना गरिएको छ।  

गणतन्त्र दिवस मूल समारोह समितिद्वारा आयोजित उक्त विशेष कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल मुख्य अतिथिका रूपमा सहभागी हुनुभएको छ। समारोहमा नेपाली सेनानेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा विशेष मार्चपास तथा सांस्कृतिक झाँकीहरू प्रस्तुत गरिएको छ।

समारोहमा प्रधानमन्त्री बालेन शाहलगायत राज्यका विशिष्ट व्यक्तित्वहरूमन्त्रीहरूकूटनीतिक नियोगका प्रतिनिधिहरू र उच्च पदस्थ कर्मचारीहरूको उपस्थिति रहेको छ। कार्यक्रममा सहभागी भए पनि प्रधानमन्त्री शाहले समारोहलाई सम्बोधन भने नगर्ने कार्यक्रम रहेको छ।

देशभर आज सार्वजनिक बिदा दिइएको छ भने साँझ घरघरमा दीपावली गरेर गणतन्त्र दिवस मनाउन सरकारले आम नागरिकलाई आह्वान समेत गरेको छ। वि.सं. २०६५ साल जेठ १५ गते संविधानसभाको पहिलो बैठकले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको सम्झनामा हरेक वर्ष जेठ १५ गते यो दिवस मनाउने गरिन्छ।

 

Related Post