आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

07 October, 2026 174 Views
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
174

काठमाडौँ । देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै मनसुनी वायुको प्रभाव रहेकाले आज विभिन्न प्रदेशमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल हिमाली र पहाडी क्षेत्रमा सामान्य बदली तथा तराईमा आंशिक बदली रहेको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा तथा लुम्बिनीका एक–दुई स्थानमा चट्याङसहित वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज हिमाली क्षेत्रका थोरै र पहाडी क्षेत्रका केही स्थानमा चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा हुनसक्नेछ । तराईका केही स्थानमा पनि यस्तै मौसम रहने पूर्वानुमान छ ।

लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराई भूभागका साथै बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

आज राति पनि कोशीसहित हिमाली र पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ । हिमाली क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा र हिमपात तथा कर्णाली, सुदूरपश्चिम, कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही पहाडी क्षेत्रमा चट्याङसहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।

तराई क्षेत्रमा बिहानको समयमा कुहिरो लाग्ने सम्भावना समेत रहेको छ ।

Related Post