आधारभूत अस्पताल निर्माणको प्रगति कमजोर रहेको सांसद तोसिमा कार्कीको टिप्पणी

06 August, 2026 31 Views
आधारभूत अस्पताल निर्माणको प्रगति कमजोर रहेको सांसद तोसिमा कार्कीको टिप्पणी
31

काठमाडौं । प्रतिनिधिसभा सदस्य तोसिमा कार्कीले देशभर निर्माण गर्ने लक्ष्य राखिएका आधारभूत अस्पतालहरूको प्रगति अत्यन्तै कमजोर रहेको बताएकी छन्। हालसम्म लक्ष्यअनुसार केवल १७ प्रतिशत अस्पताल मात्रै निर्माण सम्पन्न भएको उल्लेख गर्दै उनले निर्माण सम्पन्न भएका अस्पतालमध्ये कति पूर्ण रूपमा सञ्चालनमा छन् भन्ने विवरणसमेत सार्वजनिक नभएको बताइन्।

बिहीबार प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै कार्कीले सरकारले ५ र १५ शय्याका आधारभूत अस्पताल निर्माण गर्ने घोषणा गरेको वर्षौं बितिसक्दा पनि अपेक्षाअनुसार प्रगति हुन नसकेको बताइन्।

उनले निर्माण सम्पन्न भएका अस्पताल सरकारले तोकेको मापदण्डअनुसार सञ्चालनमा छन् वा छैनन् भन्ने विषयमा पनि अनुगमन आवश्यक रहेको धारणा राखिन्।

सांसद कार्कीले जनताको स्वास्थ्यमा लगानी गर्न सरकारले कुनै पनि हालतमा कन्जुस्याइँ गर्न नहुने बताइन्। स्वस्थ नागरिक नै देश विकासको आधार भएकाले स्वास्थ्य क्षेत्रमा पर्याप्त लगानी र प्रभावकारी कार्यान्वयन आवश्यक रहेको उनको भनाइ थियो।

Related Post