अहिलेको सरकारले मलाई र लेखकलाई थुन्नुलाई नै सुशासन ठानेको छ : केपी शर्मा ओली

16 November, 2025 589 Views
अहिलेको सरकारले मलाई र लेखकलाई थुन्नुलाई नै सुशासन ठानेको छ : केपी शर्मा ओली
589

कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले  वर्तमान सरकार मलाई र रमेश लेखकलाई थुन्नुलाई नै सुशासन ठानेको बताएका छन् । आईतबार भक्तपुरमा पत्रकारहरूसँगको भेटमा उनले बताएअनुसार, सरकारले आफू र रमेश लेखकलाई गिरफ्तार गरेर थुन्नु नै सुशासन ठानेको ताएका हुन्। उनले जेनजी समूहलाई संगठित गरेर, मागपत्र लेखिदिएर, र दबाब देखाउने नाटक तयार गरेको आरोप लगाए। ओलीले भने, मागपत्र कसले ड्राफ्ट गर्‍यो, को अर्गनाइजर थियो, सबै जानकारी आफूलाई छ। उनले वर्तमान सरकारले ‘कलाविहीन नाटक’ मात्र प्रदर्शन गरिरहेको टिप्पणी पनि गरे।
 

Related Post