बाढी प्रभावितलाई सामसङको राहत, मर्मतमा १०० प्रतिशतसम्म छुट

12 October, 2026 173 Views
बाढी प्रभावितलाई सामसङको राहत, मर्मतमा १०० प्रतिशतसम्म छुट
173

काठमाडौं । बाढीबाट प्रभावित नागरिकलाई राहत दिन सामसङ नेपालले मोबाइल फोन तथा घरायसी विद्युतीय उपकरणको मर्मतमा १०० प्रतिशतसम्म छुट दिने भएको छ।

कम्पनीले अक्टोबर ७ मा जारी गरेको विज्ञप्तिअनुसार बाढीका कारण क्षति पुगेका स्मार्टफोन, ट्याब्लेट, फ्रिज, वासिङ मेसिन र टेलिभिजनलगायतका उपकरणमा छुट उपलब्ध गराइनेछ। घरायसी उपकरणका लागि घरमै पुगेर सेवा दिने व्यवस्था पनि गरिएको छ।

उपकरणको उमेर र वारेन्टी अवस्थाअनुसार ७० देखि १०० प्रतिशतसम्म छुट दिइने कम्पनीले जनाएको छ।

अक्टोबर २ देखि नोभेम्बर २, २०२६ सम्म सञ्चालन हुने यो अभियानअन्तर्गत काठमाडौंको पाकोस्थित ताम्राकार सर्भिस सेन्टर र नारायणघाट सर्भिस सेन्टरबाट सेवा उपलब्ध हुनेछ।

Related Post