बाढीको घाउमा गगन थापा : धादिङदेखि नुवाकोटसम्म प्रभावित क्षेत्रको स्थलगत निरीक्षण

31 August, 2026 312 Views
बाढीको घाउमा गगन थापा : धादिङदेखि नुवाकोटसम्म प्रभावित क्षेत्रको स्थलगत निरीक्षण
312

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले भोटेकोशी बाढीबाट प्रभावित धादिङ र नुवाकोटका विभिन्न क्षेत्रको स्थलगत निरीक्षण गरेका छन्। सोमबार प्रभावित क्षेत्र पुगेका थापाले बाढीले पुर्‍याएको भौतिक क्षति, खेतीयोग्य जमिनको अवस्था तथा विस्थापित परिवारका समस्याबारे प्रत्यक्ष जानकारी लिएका छन्।

थापाले धादिङको गल्छीस्थित पुल पार गरेपछि कोल्पुटारलगायत क्षेत्रको निरीक्षण गरेका थिए। त्यसपछि नुवाकोट पुगेका उनले तारुकाघाट, दर्शनदार, देविघाट र गौरीबेसी क्षेत्रको अवस्था बुझे।

अनुगमनपछि थापा हात्तिगौडा कोलोनीस्थित होल्डिङ सेन्टर पुगेका थिए। त्यहाँ उनले बाढीबाट विस्थापित नागरिकसँग भेट गर्दै उनीहरूको अवस्था तथा गाँस–बासको व्यवस्थापनबारे जानकारी लिएका छन्।

Related Post