बाढीपीडितको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक

03 September, 2026 108 Views
बाढीपीडितको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक
108

सरकारले हालैको बाढीपहिरोमा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै भदौ २२ गते सोमबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ।

विशेषगरी रसुवा बाढीमा ज्यान गुमाएकाहरूको १३औँ दिनको पुण्यतिथिको अवसरमा राष्ट्रिय शोक घोषणा गरिएको हो। उक्त दिन देशभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ।

सरकारको यो निर्णयले बाढीपहिरोमा ज्यान गुमाउनेहरूप्रति राष्ट्रिय सम्मान र श्रद्धाञ्जली व्यक्त गर्ने जनाएको छ।

Related Post