भारत ‘ए’ विरुद्ध नेपालले टस जित्यो, पहिले फिल्डिङ गर्ने निर्णय

भारत ‘ए’ विरुद्ध नेपालले टस जित्यो, पहिले फिल्डिङ गर्ने निर्णय
37

 

 

काठमाडौं । एसिया कप राइजिङ स्टार्सअन्तर्गत भारत ‘ए’ विरुद्धको खेलमा नेपालले टस जित्दै पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ।

कतारको दोहामा जारी प्रतियोगिताको समूह ‘बी’ अन्तर्गतको चौथो खेल नेपाली समयअनुसार शुक्रबार अपराह्न ३ः४५ बजे सुरु हुँदैछ। टस जितेर नेपालले भारत ‘ए’ लाई पहिले ब्याटिङको निम्तो दिएको हो।

कप्तान सन्दीप लामिछानेको नेतृत्वमा मैदान उत्रने नेपालको प्लेइङ–११ मा कुशल भुर्तेल, अर्जुन कुमाल, लोकेश बम, प्रतिश जीसी, नन्दन यादव, ललित राजवंशी, बसिर अहमद, पवन सर्राफ, रशिद खान र दीपक डुम्रे रहेका छन्।

समूह चरणको महत्त्वपूर्ण खेलमा नेपाल भारत ‘ए’ लाई पराजित गर्दै सुखद नतिजा निकाल्ने लक्ष्यसहित मैदानमा उत्रिएको छ।

 

Related Post