भारतीय प्रधानसेनापति धिरज सेठ अर्को साता नेपाल आउँदै

06 August, 2026 15 Views
भारतीय प्रधानसेनापति धिरज सेठ अर्को साता नेपाल आउँदै
15

काठमाडौं । भारतीय प्रधानसेनापति जनरल धिरज सेठ अर्को साता नेपाल भ्रमणमा आउने भएका छन्। उच्च सरकारी स्रोतका अनुसार भ्रमणको तयारी भइरहेको छ। उनले सन् २०२६ जुन ३० मा भारतीय सेनाको प्रधानसेनापतिको जिम्मेवारी सम्हालेका हुन्।

नेपाल र भारतबीचको परम्पराअनुसार दुवै देशका प्रधानसेनापतिलाई एकअर्काको सेनाको मानार्थ महारथी (Honorary General) को दर्जा प्रदान गर्ने चलन छ। सोही परम्पराअनुसार जनरल सेठको नेपाल भ्रमण हुन लागेको हो।

भ्रमणका क्रममा उनले नेपाली सेनाको नेतृत्वसँग भेटवार्ता गर्नुका साथै प्रधानमन्त्री बालेन्द्र शाहसँग पनि शिष्टाचार भेट गर्न सक्ने सम्भावना रहेको स्रोतले जनाएको छ। यद्यपि, भेटको अन्तिम टुंगो भने लागिसकेको छैन।

नेपाल र भारतबीच सन् १९५० देखि एकअर्काका प्रधानसेनापतिलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहँदै आएको छ। यसअघि नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले पनि भारतको राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा भारतीय सेनाको मानार्थ महारथीको दर्जा प्राप्त गरेका थिए।

 
 
 

Related Post