भोटेकोशी बाढी : मृतकको संख्या ७३४ पुग्यो, ८ हजार १८६ जनाको उद्धार

30 August, 2026 66 Views
भोटेकोशी बाढी : मृतकको संख्या ७३४ पुग्यो, ८ हजार १८६ जनाको उद्धार
66

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा १० भदौमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या ७३४ पुगेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबार बिहान ९ बजे सार्वजनिक गरेको बुलेटिनअनुसार बाढीमा बेपत्ता भएकामध्ये हालसम्म ७३४ जनाको शव फेला परेको हो ।

प्राधिकरणका अनुसार रसुवामा १३, नुवाकोटमा ५२, धादिङमा ५०, गोरखामा ५८, नवलपरासी पूर्वमा १८४, नवलपरासी पश्चिममा ८२, तनहुँमा ३६ र चितवनमा २५९ जनाको शव फेला परेको छ ।

बाढीपछि सञ्चालन गरिएको खोज तथा उद्धार अभियानबाट हालसम्म ८ हजार १८६ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ ।

 
 
 

Related Post