भोटेकोशी बाढीका २६ घाइते टिचिङमा, एकको मृत्यु

27 August, 2026 147 Views
भोटेकोशी बाढीका २६ घाइते टिचिङमा, एकको मृत्यु
147

काठमाडौं । तिब्बतबाट रसुवातर्फ आएको भीषण बाढीमा परी घाइते भएका २६ जनालाई बिहीबार बिहानसम्म त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि ल्याइएको छ। तीमध्ये २५ वर्षीय एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ भने ६ जना आईसीयूमा उपचाररत छन्। अस्पतालका अनुसार थप ५० देखि ६० जना घाइते आउन सक्ने भएकाले आवश्यक तयारी गरिएको छ।

अस्पतालका प्रवक्ता डा. गोपाल सेढाईंका अनुसार थप आउने बिरामीमध्ये गम्भीर अवस्थाका भन्दा चोटपटक लागेका बिरामीको संख्या बढी हुनसक्ने अनुमान छ।

बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत जारी छ। घाइतेलाई विभिन्न अस्पतालमा ल्याउने क्रम चलिरहेको छ भने सम्पर्कविहीन आफन्तको खोजीमा परिवारजन अस्पताल पुगिरहेका छन्।

Related Post