123
काठमाडौं । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीमा बेपत्ता भएका व्यक्तिमध्ये हालसम्म १७७ जनाको शव फेला परेको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार फेला परेका शवमध्ये रसुवामा २, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा ६९, गोरखामा २०, तनहुँमा ९, पूर्वी नवलपरासीमा ३२ र पश्चिम नवलपरासीमा ६ जना रहेका छन्।
बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी खोज तथा उद्धारमा परिचालन भएका छन्। बेपत्ता तथा प्रभावितको खोजी जारी रहेको छ भने घाइतेहरूको उद्धार गरी विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।