5
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री बालेन शाहले आपत्कालीन बैठक बोलाएका छन्।
बाढी प्रभावितको उद्धार तथा तल्लो तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने विषयमा आवश्यक कदम चाल्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका पदाधिकारी र सुरक्षा निकायसँग प्रधानमन्त्रीले छलफल गर्न लागेका हुन्।
प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रका प्रमुख जिल्ला अधिकारीहरूलाई उद्धार तीव्र बनाउन र जोखिममा रहेका नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न निर्देशन दिइसकेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।