भोटेकोशीको कहर : १,३८५ शव भेटिए, ४ हजार ८९ अझै बेपत्ता

भोटेकोशीको कहर : १,३८५ शव भेटिए, ४ हजार ८९ अझै बेपत्ता
50

काठमाडौं । रसुवाको भोटेकोशी बाढीपछि जारी खोज तथा उद्धार अभियानमा हालसम्म १ हजार ३८५ शव तथा मानव अंग फेला परेका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार ४ हजार ८९ जना अझै बेपत्ता छन्।

फेला परेकामध्ये ५४२ पुरुष र ३३८ महिला छन् भने ५०५ वटा आंशिक मानव अंग रहेका छन्। १०३ शवको पहिचान गरी आफन्तलाई बुझाइएको छ भने १ हजार १४८ शवको सुरक्षित व्यवस्थापन गरिएको छ।

शव पहिचानका लागि मृतक र आफन्त गरी २ हजार ९९८ जनाको डीएनए नमुना संकलन गरिएको छ। यस्तै, पहिचान नखुलेका १ हजार ३२६ जनाको विवरण वेबसाइटमा सार्वजनिक गरिएको छ।

बेपत्तामध्ये ३ हजार ४७९ नेपाली र ६१० विदेशी नागरिक छन्। उद्धारतर्फ घाइते तथा प्रभावित गरी ९ हजार २८७ जनाको उद्धार भइसकेको छ भने ३ हजार १७६ जना विभिन्न होल्डिङ सेन्टरमा आश्रित छन्।

खोज तथा उद्धारमा ७ हजार ८७५ प्रहरी परिचालन गरिएको छ। बाढीपछि २५ प्रहरी अझै सम्पर्कविहीन छन् भने ६५ जना प्रभावित भएका छन्। साथै, प्रभावित क्षेत्रमा १६६ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको प्रहरीले जनाएको छ।

Related Post