भदौमा बैंकको ब्याजदर घट्यो

16 August, 2026 60 Views
भदौमा बैंकको ब्याजदर घट्यो
60

काठमाडौं । वाणिज्य बैंकहरूले भदौ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। साउनको तुलनामा भदौमा बैंकहरूको औसत ब्याजदर केही घटेको छ।

व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर साउनमा ४ दशमलव १६ प्रतिशत रहेकोमा भदौमा घटेर ४ दशमलव १३ प्रतिशत पुगेको छ।

त्यस्तै, संस्थागत मुद्दती निक्षेपको औसत ब्याजदर पनि घटेको छ। साउनमा ३ दशमलव ११ प्रतिशत रहेको दर भदौमा ३ दशमलव ८ प्रतिशत कायम भएको छ।

हाल सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकमध्ये ५ वटा बैंकले ब्याजदर घटाएका छन्। सिद्धार्थ बैंक, नेपाल बैंक, सिटिजन्स बैंक, कुमारी बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकले ब्याजदर घटाएका हुन्।

बाँकी १५ वटा बैंकले भने साउनकै ब्याजदरलाई निरन्तरता दिएका छन्।

भदौमा व्यक्तिगत मुद्दती निक्षेपमा प्रभु र नबिल बैंकले सबैभन्दा बढी ४ दशमलव ५५ प्रतिशत ब्याज दिने भएका छन्। त्यस्तै, माछापुच्छ्रे, एनएमबी, सानिमा र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ दशमलव ५० प्रतिशत ब्याज दिनेछन्।

समग्रमा, भदौमा बैंकहरूको निक्षेप ब्याजदर सामान्य रूपमा घटेको छ।

Related Post