बैजनाथका ५ बिद्यालयमा जलबायु सचेतना कार्यक्रम।

07 May, 2026 67 Views
बैजनाथका ५ बिद्यालयमा जलबायु सचेतना कार्यक्रम।
67

मिति २०८३ बैशाख २३
नेपालगञ्ज जलबायु परिवर्तनका लागि बिद्यालय स्तरमा सचेतना कार्यक्रमको आज  सरोकारवालाहरु सँग अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
बास नेपालको आयोजना तथा बैजनाथ गाउँपालिकाको सहयोगमा बैजनाथ गाउँपालिकाका ५ वटा बिद्यालयमा सञ्चालन हुने उक्त सचेतना कार्यक्रमको  आज एक अनौपचारीक कार्यक्रमको आयोजना गरी बिद्यालयका प्रधानाध्यापक र वडा अध्यक्षहरुसँग छलफल गरिएको हो ।
बढि भन्दा बढि बिद्यार्थी तथा बिद्यार्थीहरु मार्फत अभिभावक लाई सन्देश प्रबहा गर्ने, कार्यक्रम संचालित बिद्यालयलाई जलवायु मैत्रि र हरित बिद्यालयको अवधारणा अनुरूप अगाडि बउाउने उद्धेश्यका साथ सञ्चालन हुन लागेको उक्त कार्यक्रममा बेजनाथ गाउँपालिका अन्तर्गतका सुर्योदय माबि, सुन्दर आधारभुत बिद्यालय, सिंह भवानी आधारभुत बिद्यालय, नेरामाबि र गुरुवागाउँ माबिमा जलवायु परिबर्तन सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन हुनेछ ।
असार मसान्त सम्म सञ्चालन हुने उक्त कार्यक्रममा ४०० शेषण चल्ने छ ।
कार्यक्रममा बिभिन्न बिद्यालयका प्रधानाध्यापकहरु, शिक्षकहरु, वडा नम्बर १ र ५ का वडा अध्यक्षहरुको उपस्थिति रहेको थियो ।
बास नेपालको कार्यकारी निर्देशक नमस्कार शाहले कार्यक्रममा स्वागत तथा उक्त कार्यक्रमको उद्धेश्यमाथि प्रकास पारेका थिए भने बास नेपालका कार्यक्रम संयोजक शोभा थापा मगरले कार्यक्रम सञ्चालन गरेकी थिईन् ।
 

Related Post