बालेन शाहको पासपोर्ट रोक्का गर्न एमाले युवा संघको माग

07 November, 2025 154 Views
बालेन शाहको पासपोर्ट रोक्का गर्न एमाले युवा संघको माग
154

कात्तिक, काठमाडौं । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले काठमार्डौमा महानगरपालिकाको मयेर बालेन्द्र साहको पासपोर्ट रोक्का गर्न माग गरेको छ । सामाजिक सञ्जाल फेसबुकमा अश्लील शब्द प्रयोग गर्दै भड्काउ अभिव्यक्ति दिएको आरोपमा साइबर ब्यूरोमा जाहेरी हालेको नेकपा एमालेको राष्ट्रिय युवा संघ नेपालले बालेन शाहको पासपोर्ट रोक्का गर्नुपर्ने माग गरेको हो । 

बालेन जुनसुकै बेला विदेश भाग्न सक्ने र प्रमाण नष्ट गर्ने सम्भावना रहेकोले गर्दा तत्काल पक्राउ गरेर पासपोर्ट रोक्का गर्नुपर्ने उजुरीमा उल्लेख गरिएको छ । युवा संघका उपाध्यक्ष महाराज गुरुङसहित युवाहरुले बालेनविरुद्ध साइबर ब्यूरोमा हिजो जाहेरी हालेका हुन् ।

Related Post