58
माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को बरिष्ठ नेता तथा झापा क्षेत्र नं. ५ का उम्मेद्धार बालेन्द्र साहको श्रीमती सविना काफ्ले सहभागीतामा घरदैलो अभियान सुरु गरिएको छ । माघ १२ गते बिहान ८ बजेदेखि सुरु भएको उक्त कार्यक्रम ११ बजेसम्म सञ्चालन गरिएको थियो। दमक–९ स्थित उराव बस्तीबाट सुरु भएको घरदैलो कार्यक्रम पाणिनि स्कुल हुँदै देवसिंह टोल, नौभाइ चोक र बुद्ध चोक पार गर्दै पुनः उराव बस्तीमै पुगेर समापन गरिएको थियो ।
कार्यक्रमका क्रममा रास्वपाका नेताहरूले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूका समस्या, गुनासा तथा सुझावहरू सुनेका थिए । जनताबाट प्राप्त सक्रिय सहभागिता र सकारात्मक प्रतिक्रियाले अभियानप्रति थप उत्साह मिलेको पार्टीले जनाएको छ।