बालेनप्रति हर्क साम्पाङको कटाक्ष : जति नै डाइभर्ट गर्न खोजे पनि नेपालीले विदेशी दुलालु भनेर चिनिसके

25 September, 2025 118 Views
बालेनप्रति हर्क साम्पाङको कटाक्ष : जति नै डाइभर्ट गर्न खोजे पनि नेपालीले विदेशी दुलालु भनेर चिनिसके
118

काठमाडौं । धरान उपमहानगरका मेयर हर्क साम्पाङले बालेन शाहप्रति  लगातार प्रहार गरिरहेका छन् । पछिल्लो सामाजिक सञ्जाल पोष्टमा हर्क साम्पाङले बालेनलाई ‘विदेशी दलाल’ भनेका छन् ।

उनले बालेनले पछिल्लो समय सामाजिक सञ्जालमा लेखेका स्ट्याटसप्रति टिप्पणी गर्दै ‘विदेशी दलाल’ को स्ट्याटस बेमौसमी गीत मात्रै भएको उल्लेख गर्दै देशको अवस्था खरानी बनाएर घरी एम्बुलेन्स र घरी छात्रवृत्ति भनेको भन्दै अब जति नै डाइभर्ट गर्न खोजे पनि नेपालीले ‘विदेशी दलाल’ भनेर चिनिसकेको बताएका छन् ।

उनले भनेका छन्-  ‘विदेशी दलालको स्ट्याटस बेमौसमी गीत मात्रै हो १ देशको वस्था खरानी बनाएर घरी एम्बुलेन्स रे, घरी छात्रवृत्ति रे, भो अब जति नै डाइभर्ट गर्न खोजे पनि नेपालीले चिनिसक्यो विदेशी दलाल भनेर १’
 

Related Post