बालेनविरुद्ध साइबर ब्युरोमा पुग्दै युवा संघ, ‘गालीगलौज स्टाटस’ कारण उजुरी तयारी

06 November, 2025 104 Views
बालेनविरुद्ध साइबर ब्युरोमा पुग्दै युवा संघ, ‘गालीगलौज स्टाटस’ कारण उजुरी तयारी
104

कात्तिक, काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन) ले दुई दिनअघि लेखेको विवादास्पद स्टाटसले नयाँ राजनीतिक तरंग ल्याएको छ।

एमाले निकट युवा संघ नेपाल बालेनको उक्त स्टाटसलाई राजनीतिक दल र मित्रराष्ट्रप्रति अपमानजनक भन्दै प्रहरीको साइबर ब्युरोमा जाहेरी दिन तयारीमा रहेको छ।

बालेनले मध्यरातमा अश्लील शब्दसहितको स्टाटस लेखेका थिए, जुन उनले केहीबेरमै हटाए। तर त्यो स्टाटसको स्क्रिनसट सामाजिक सञ्जालमा भाइरल भएको छ र अहिले पनि व्यापक आलोचना भइरहेको छ।
युवा संघका नेताहरूले भनेका छन्, “विद्युतीय अपराध अन्तर्गत बालेनविरुद्ध कानुनी प्रक्रिया अघि बढाउने तयारीमा छौं।”

Related Post