181
काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडको १ करोड ४ लाख कित्ता शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ।
सूचीकृत शेयरमध्ये सर्वसाधारणलाई निष्कासन गरिएको २० लाख ८० हजार कित्ता र संस्थापक शेयरधनीको ८३ लाख २० हजार कित्ता रहेको छ।
कम्पनीको शेयर बुधबार स्पेसल प्रि-ओपन सेसनमा कारोबार भएपछि नियमित बजारमा कारोबार हुने जनाइएको छ। नेप्सेले पहिलो कारोबारका लागि प्रतिकित्ता ९१ रुपैयाँ २७ पैसादेखि २७३ रुपैयाँ ८१ पैसासम्मको ओपनिङ रेञ्ज तोकेको छ।
कम्पनीको शेयर ‘BENH’ संकेतमा कारोबार हुनेछ।