बाँसबारीमा जमिन भासिँदा साढे दुई तले घर जोखिममा, स्थानीयमा त्रास

21 August, 2026 71 Views
बाँसबारीमा जमिन भासिँदा साढे दुई तले घर जोखिममा, स्थानीयमा त्रास
71

काठमाडौं । काठमाडौंको बाँसबारी क्षेत्रमा जमिन भासिँदा साढे दुई तले घर जोखिमपूर्ण अवस्थामा पुगेको छ। जमिनको ठूलो भाग खसेपछि घरको संरचना एकातर्फ ढल्किएको देखिन्छ भने आसपासको भूभागसमेत अस्थिर बनेको छ। 

 

घर भासिएपछि आसपासका बासिन्दामा त्रास फैलिएको छ। जोखिमपूर्ण अवस्थामा रहेको संरचनाका कारण थप क्षति हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सम्बन्धित निकायले तत्काल स्थलगत निरीक्षण गरी आवश्यक सुरक्षा तथा व्यवस्थापनको कदम चाल्नुपर्ने देखिएको छ।

Related Post