118
काठमाडौँ । नेपाली सेनाले नुवाकोटको बेत्रावतीमा बेलिब्रिज जडान कार्य सुरु गरेको छ ।
बाढीका कारण क्षतिग्रस्त पुलबाट आवतजावत प्रभावित भएपछि त्यसको विकल्पका रूपमा बेलिब्रिज जडान गर्न थालिएको हो । सेनाले आवश्यक सामग्री तथा जनशक्ति परिचालन गरी पुल जडानको काम अघि बढाएको जनाएको छ ।
बेलिब्रिज निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि बेत्रावती हुँदै आवतजावत गर्ने यात्रु तथा सवारीसाधनलाई सहज हुने अपेक्षा गरिएको छ । साथै, प्रभावित क्षेत्रमा यातायात सेवा पुनः सञ्चालन गर्न समेत सहयोग पुग्नेछ ।