92
पौष, काठमाडौं । तत्कालीन गृहमन्त्री एवं कांग्रेस नेता रमेश लेखक जेन(जी घटना छानबिन तथा जाँचबुझ आयोगमा बयान दिन सिंहदरबार पुगेका छन् । लेखकलाई आयोगले भदौ २३-२४ मा भएका घटना र तत्कालीन सरकारबाट भए गरेका कारबाहीबारे बयानका लागि पत्राचार गरेको थियो ।
बयानपछि लेखकले पत्रकार सम्मेलन गर्दै छन् । आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र लेखकमाथि स्थान हदसँगै विदेश जान लगाएको रोक पनि कायमै छ ।
यसअघि तत्कालीन सुरक्षा निकायका प्रमुख, मुख्यसचिवलगायतसँग आयोगले बयान लिइसकेको छ । भदौ २३-२४ को घटनासम्बन्धी जाँचबुझ गरी छानबिन प्रतिवेदन पेश गर्न गौरिबहादुर कार्कीको नेतृत्वमा सरकारले आयोग गठन गरेको छ ।