चिकित्सकमाथि आक्रमणको विरोधमा देशभर आकस्मिकबाहेक सेवा बन्द

29 July, 2026 73 Views
चिकित्सकमाथि आक्रमणको विरोधमा देशभर आकस्मिकबाहेक सेवा बन्द
73

काठमाडौं । वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको हातपात र अस्पतालमा भएको तोडफोडको विरोधमा नेपाल चिकित्सक सङ्घले बुधबार देशभर आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द गर्दै प्रदर्शन गरेको छ।

सङ्घको आह्वानमा चिकित्सकहरूले काठमाडौंको माइतीघरसहित देशका विभिन्न स्थानमा विरोध प्रदर्शन गरेका हुन्। उनीहरूले घटनामा संलग्न दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन्।

नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा. बद्री रिजालले घटना भएको पाँच दिन बितिसक्दा पनि दोषीमाथि कारबाही नभएको र न्यायको माग गर्न गएकाहरूमाथि समेत दुर्व्यवहार भएको आरोप लगाए।

उनले सरकारबाट माग तत्काल सम्बोधन भए आन्दोलनका सबै कार्यक्रम फिर्ता लिइने बताए। चिकित्सकहरूले सुरक्षित वातावरणमा सेवा दिन पाउने सुनिश्चितता हुनुपर्नेमा पनि जोड दिएका छन्।

 
 
 

Related Post