चलिरहेको मोटरसाइकलमा स्टन्ट गरेका रास्वपा सांसद बब्लु गुप्तालाई ५ सय रुपैयाँ जरिवाना

24 July, 2026 58 Views
चलिरहेको मोटरसाइकलमा स्टन्ट गरेका रास्वपा सांसद बब्लु गुप्तालाई ५ सय रुपैयाँ जरिवाना
58

काठमाडौं । चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ।

ट्राफिक प्रहरी कार्यालय, लहानले ट्राफिक नियम उल्लंघन गरेको भन्दै सांसद गुप्तालाई ५ सय रुपैयाँ जरिवाना गरेको हो। जरिवाना बुझाएपछि उनलाई जरिवाना रसिदसमेत हस्तान्तरण गरिएको प्रहरीले जनाएको छ।

सांसद गुप्ताले यसअघि सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि आफ्नो व्यवहारप्रति क्षमायाचना गर्दै कानुनी कारबाही स्वीकार गर्ने बताएका थिए।

चलिरहेको मोटरसाइकलमा स्टन्ट शैलीमा उभिएर यात्रा गरेको उनको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक आलोचना भएको थियो। त्यसपछि ट्राफिक प्रहरीले घटनाबारे अनुसन्धान गरी प्रचलित कानुनअनुसार जरिवाना गर्दै कारबाही प्रक्रिया पूरा गरेको जनाएको छ।

Related Post