चिनी ठानेर युरिया मल खाँदा मकवानपुरमा ७ जना बिरामी

04 October, 2026 76 Views
चिनी ठानेर युरिया मल खाँदा मकवानपुरमा ७ जना बिरामी
76

काठमाडौं । मकवानपुरमा चिनी ठानेर युरिया मल खाएपछि सात जना बिरामी भएका छन्।

मनहरी गाउँपालिका–८, सिमपानीमा शनिबार साँझ करिब ५ बजे अमिलो साधेर खाने क्रममा चिनीको सट्टा युरिया मल प्रयोग भएपछि उनीहरू बिरामी भएका हुन्।

प्रहरीका अनुसार सुरुमा ११ वर्षीया आयुस्का थिङ, ११ वर्षीया आनुस्का थिङ र ९ वर्षीया मानवी घलानले चिनी ठानेर युरिया मल खाएका थिए। त्यसपछि अमिलो खाने क्रममा अन्यले पनि चिनी ठानी सोही पदार्थ खाएका थिए।

युरिया मल खाएर बिरामी हुनेमा मनहरी–८ का ४२ वर्षीया सोममाया रुम्बा, ३२ वर्षीया दीपा थिङ, २२ वर्षीय दावा थिङ र ५ वर्षीया सैनिका बल रहेका छन्।

बिरामी सबैलाई उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेज लगिएको छ। बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुसार उपचाररत सबैको अवस्था सामान्य रहेको छ।

घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

Related Post