दसैँ नजिकिँदै गर्दा न्यूरोडमा बढ्यो किनमेल गर्नेको भीड, सवारी जामले यात्रु हैरान

04 October, 2026 87 Views
दसैँ नजिकिँदै गर्दा न्यूरोडमा बढ्यो किनमेल गर्नेको भीड, सवारी जामले यात्रु हैरान
87

काठमाडौँ । दसैँ नजिकिँदै गर्दा काठमाडौँको प्रमुख व्यापारिक केन्द्र न्यूरोडमा किनमेल गर्नेको भीड बढेको छ।

आइतबार दिउँसो न्यूरोड क्षेत्रमा दसैँका लागि आवश्यक लत्ताकपडा तथा अन्य सामग्री खरिद गर्ने उपभोक्ताको चाप बढ्दा सडक र फुटपाथमा पैदलयात्रीको भीड देखिएको हो।

किनमेलका लागि काठमाडौँका विभिन्न स्थानबाट उपभोक्ता न्यूरोड पुग्न थालेपछि पैदलयात्रीको चापसँगै सवारीसाधनको आवागमनसमेत प्रभावित भएको छ। न्यूरोड आसपासका सडकमा सवारीसाधन जाममा पर्न थालेका छन्।

दसैँ नजिकिँदै जाँदा आगामी दिनमा न्यूरोडसहित काठमाडौँका प्रमुख बजार क्षेत्रमा किनमेल गर्नेको चाप अझ बढ्ने देखिएको छ।

Related Post