8
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहको सम्पर्क कार्यालय चुनदेवीमा ‘सभापति शेरबहादुर देउवा’ लेखिएको बोर्ड राखिएको छ।
करिब पाँच महिनाको स्वास्थ्योपचारपछि बिहीबार स्वदेश फर्किएका देउवाको स्वागतस्वरूप इतर समूहका नेताहरूले कार्यालयमा उक्त बोर्ड राखेका हुन्।
इतर समूहले शुक्रबारदेखि तीन दिनसम्म राष्ट्रिय भेला आयोजना गर्दैछ। प्रचार–प्रसार समितिका संयोजक मिन विश्वकर्माका अनुसार भेलालाई देउवाले प्रमुख अतिथिका रूपमा सम्बोधन गर्नेछन्।
भेला आयोजक समितिका संयोजक प्रा. डा. शशांक कोइरालाको नाम उल्लेख गरिएको बोर्डसमेत कार्यालयमा राखिएको छ।