57
काठमाडौं । दोलखाको चरिकोटस्थित कारागार कार्यालयमा रहेका १४७ जना कैदीबन्दीले रसुवाका बाढीपीडितका लागि २५ हजार ५ सय ५ रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।
कैदीबन्दीहरूले आपसमा रकम संकलन गरी उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका हुन् ।
रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले कैदीबन्दीहरूले स्वस्फूर्त रूपमा रकम संकलन गरेको कारागार कार्यालयले जनाएको छ ।