133
च्याटजिपिटीको प्रयोग गरेर नक्कली भौचर बनाएर बाढीपीडितलाई १ लाख २० हजार रुपैयाँ सहयोग गरेको दाबी गर्ने एक व्यक्ति पक्राउ परेका छन्।
रामेछापको गोकुलगंगा गाउँपालिका–२ ठोसका ३२ वर्षीय भगवान कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो।
प्रहरीका अनुसार कार्कीले भोटेकोशी बाढी प्रभावितका लागि स्थापना गरिएको कोषमा आफूले १ लाख २० हजार रुपैयाँ सहयोग गरेको दाबी गर्दै नक्कली क्यूआर कोड, बैंक स्टेटमेन्ट र भौचर सामाजिक सञ्जालमा पोस्ट गरेका थिए।
तर, अनुसन्धानका क्रममा ती कागजात वास्तविक नभएको खुलेपछि प्रहरीले कार्कीलाई नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरीले नक्कली भौचर च्याटजिपिटीमार्फत तयार पारिएको समेत जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।