डा. बाबुराम भट्टराईको अभिभावकत्वमा खुलेको प्रगतिशील लोकतान्त्रिक पार्टीमा ५ अध्यक्ष

डा. बाबुराम भट्टराईको अभिभावकत्वमा खुलेको  प्रगतिशील लोकतान्त्रिक पार्टीमा ५ अध्यक्ष
86

मंसिर, काठमाडौं । पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईको अभिभावकत्वमा गठन भएको प्रगतिशील लोकतान्त्रिक पार्टीले अध्यक्ष परिषद् गठन गरेको छ । आइतबार घोषणा गरिएको पार्टीले ५ सदस्यीय अध्यक्ष परिषद् गठन गरेको हो ।

अध्यक्ष परिषद्‍मा जेन-जी अगुवा ओजस्वी भट्टराई, साविक नेसपा (नयाँ शक्ति) का संयोजक दुर्गा सोव, प्रगतिशील राष्ट्रिय अभियानको संयोजनको भूमिकामा रहेका सुदन किराती, रास्वपा त्यागेर आएका सन्तोष परियार र मधेशबाट अशोक जैसवाल सहभागी छन् ।

अध्यक्ष परिषद‍मा दोस्रो तहका नेताहरू सहभागी भए पनि बाबुरामसहित जनार्दन शर्मा, राम कार्कीलगायत शीर्ष नेताहरूसँग सहभागी छैनन् ।

Related Post