मङ्गलबार साँझ राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानन्यायाधीश डा. शर्मालाई पद तथा गोपनीयताको शपथ गराउनुभयो। शपथ ग्रहण लगत्तै सर्वोच्च अदालत पुगेर उहाँले आफ्नो कार्यभार सम्हाल्नुभएको छ। उक्त समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, सभामुख डोलप्रसाद अर्याल लगायत उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो।
वरिष्ठता मिचिएको चर्चा संवैधानिक परिषद्ले रोलक्रममा चौथो नम्बरमा रहेका शर्मालाई सिफारिस गरेको थियो। उहाँले कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लसहित न्यायाधीशहरू कुमार रेग्मी र हरि फुयाँललाई पछि पार्दै नेतृत्व पाउनुभएको हो।सबैभन्दा लामो कार्यकाल उमेर हदका कारण चाँडै अवकाश पाउने हालैका प्रधानन्यायाधीशहरूको तुलनामा डा. शर्माको कार्यकाल पूरा ६ वर्ष (२०८९ जेठसम्म) रहनेछ। पछिल्लो तीन दशकमा यो नै सबैभन्दा लामो प्रधानन्यायाधीश कार्यकाल हो।हस्तक्षेप स्वीकार नगर्ने प्रतिबद्धता पदभार ग्रहणपछि डा. शर्माले न्याय सम्पादन प्रक्रिया र न्यायालयको मर्यादामा कुनै पनि प्रकारको राजनीतिक वा बाह्य हस्तक्षेप स्वीकार नगर्ने पहिलो प्रतिबद्धता जनाउनुभयो।
को हुन् डा. मनोजकुमार शर्मा?
२०२७ साल असार ४ गते वीरगञ्ज (पर्सा) मा जन्मिनुभएका शर्माले नेपाल ल क्याम्पसबाट बीएल, भारतको पुणे विश्वविद्यालयबाट एलएलएम र त्रिभुवन विश्वविद्यालयबाट श्रम कानुनमा विद्यावारिधि (PhD) गर्नुभएको छ।न्यायिक यात्रा सन् १९९५ (२०५१ साल) देखि कानुन व्यवसायीका रूपमा करियर सुरु गर्नुभएका उहाँ २०७० सालमा पुनरावेदन अदालतको अतिरिक्त न्यायाधीश र २०७६ वैशाख ६ गते सर्वोच्च अदालतको स्थायी न्यायाधीश नियुक्त हुनुभएको थियो। उहाँ पूर्वप्रधानन्यायाधीश दामोदरप्रसाद शर्माका भतिज हुनुहुन्छ।
नेपाल बार एसोसिएसनको केही विरोध र आन्तरिक असन्तुष्टिबीच कार्यभार सम्हाल्नुभएका नयाँ प्रधानन्यायाधीशसामु न्यायालयको साख फर्काउने ठुला चुनौती छन् सर्वोच्च अदालतमा थुप्रिएका हजारौँ पुराना मुद्दाहरूको छिटो फछ्र्यौट गर्ने,न्यायालयभित्र हुने बिचौलियाको प्रभाव र भ्रष्टाचार नियन्त्रण गर्ने,बार र बेन्च (कानुन व्यवसायी र न्यायाधीश) बीचको बिग्रिएको सम्बन्धलाई सुधार गरी सँगै लिएर हिँड्ने जस्ता चुनौतिहरुका बीच प्रधानन्यायधिसले कार्यसम्पादन गर्नु पर्नेछ।