19
काठमाडौं । नेकपा एमालेको समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा उपाध्यक्ष रामबहादुर थापा र महासचिव शंकर पोखरेलको छुट्टाछुट्टै प्रतिवेदन पेस भएको छ ।
च्यासलस्थित केन्द्रीय कार्यालयमा बसेको बैठकमा कार्यदलका संयोजक रामबहादुर थापाले दुवै प्रतिवेदन प्रस्तुत गरेका हुन् । उनले महासचिव पोखरेलको तर्फबाट तयार भएको प्रतिवेदनसँगै आफ्नो प्रतिवेदन पनि बैठकमा पेस गरेका छन् ।
एमाले प्रचार विभाग प्रमुख नीरज आचार्यका अनुसार दुवै प्रतिवेदनमाथि छलफल गरी एउटै प्रतिवेदन बनाउने तयारी छ । त्यसका लागि आजको बैठक स्थगित गरिएको छ ।
उनका अनुसार बैठकले आज पेस भएका दुवै प्रतिवेदन अध्ययन गर्ने र भोलिदेखि आवासीय रूपमा बसेर थप छलफल गर्दै साझा प्रतिवेदन तयार गर्ने निर्णय गरेको छ ।