मंसिर, काठमाडौं । नेकपा एमालेका नेता पदम गिरीले देशी विदेशी शक्तिको आडमा पार्टीको एघारौं महाधिवेशन भाँड्ने षड्यन्त्र भएको आशंका गरेका छन् । सरकारमा रहेका व्यक्तिहरुले हिजो र अस्ति रातिसम्म गरेका भेटघाटले संशय पैदा गरेको उनको भनाइ छ ।
आज फेसबुकमा स्टाटस लेख्दै पूर्वमन्त्री गिरीले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि नै षड्यन्त्र भइरहेको उल्लेख गरेका छन् । उनले त्यसको मूल्य वर्तमान सरकारले चुकाउनुपर्ने चेतावनी पनि दिएका छन् ।
उनले लेखेका छन्,
नेकपा एमालेको महाधिवेशन नजिकिदै गर्दा महाधिवेशन भाड्न देशी बिदेशी शक्तीको आडमा सरकारमा रहेका व्यक्तिहरूले हिजो ,अस्ति रातिसम्म गरेका भेटघाटले थप संशय पैदा गरेको छ।वर्तमान सरकारले हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओलीमाथी जुन किसिमको षड्यन्त्र गरिरहेको छ हेक्का रहोस् ,सरकार स्वयंले यसको ठूलो मूल्य चुकाउनुपर्नेछ।साथै सरकारको यो षड्यन्त्रमा संलग्न हुने भित्र वा बाहिरका जो कोही लाई पनि ईतिहासले माफी दिने छैन।