एमाले महाधिवेशन– पोखरेल प्यानलबाटः महासचिव पाण्डे, उपमहासचिव भट्टराई र सचिव बाँस्कोटा

15 December, 2025 157 Views
एमाले महाधिवेशन– पोखरेल प्यानलबाटः महासचिव पाण्डे, उपमहासचिव भट्टराई र सचिव बाँस्कोटा
157

मंसिर, काठमाडौं । नेकपा एमालेको पदाधिकारीका लागि ईश्वर पोखरेल समूहले उम्मेदवार टुंगो लगाएको छ । अध्यक्ष पदमा ईश्वर पोखरेल आफैंले प्रतिस्पर्धा गर्दैछन् । महासचिवमा सुरेन्द्र पाण्डेको नाम टुंगो लागेको छ । यसैगरी उपाध्यक्षमा गोकर्ण विष्ट, परशुराममेघी गुरुङ, विन्दा पाण्डे र अरुण नेपाल उम्मेदवार बन्ने पक्का भएको एक नेताले बताए ।

उपमहासचिव पदमा योगेश भट्टराईको नाम पक्का भएको छ । उपमहासचिव उम्मेदवारको सूचीमा बैजनाथ चौधरीको नाम पनि छ । सचिव पदमा गोकुल बास्कोटा,  रचना खड्का, विनोद ढकाल, कर्ण थापा, ठाकुर गैरे, इन्द्रलाल सापकोटा, पुरुषोत्तम पौडेल र कृष्णगोपाल श्रेष्ठ लगायतको नाम करिब टुंगो लागेको स्रोतले बतायो । 

Related Post