एमाले निकट युवा संघको अध्यक्ष बन्दै महाराज गुरुङ

30 January, 2026 59 Views
एमाले निकट युवा संघको अध्यक्ष बन्दै महाराज गुरुङ
59

माघ, काठमाडौं । नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेले नेतृत्व हस्तान्तरण गर्ने भएका छन् । ताप्लेजुङबाट प्रतिनिधिसभाको उम्मेदवार बनेका थेबेले यसअघि महाधिवेशनमै भएको भद्र सहमति अनुसार उपाध्यक्ष महाराज गुरुङलाई नेतृत्व हस्तान्तरण गर्न लागेका हुन् ।

आजै एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा युवा संघको आयोजनामा केन्द्रीय युवा परिषदको पहिलो बैठक बस्दैछ । सोही बैठकबाट पोखरा महाधिवेशनमा सर्वाधिक मत पाएका उपाध्यक्ष गुरुङ युवा संघको अध्यक्ष बन्न लागेका हुन् ।

 

Related Post