एमालेका कार्यकर्ता आउन नदिने भन्दै माइतीघर पुगे जेन-जी समुह

21 November, 2025 118 Views
एमालेका कार्यकर्ता आउन नदिने भन्दै माइतीघर पुगे जेन-जी समुह
118

मंसिर, काठमाडौं । नेकपा एमालेले नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) घोषणाका लागि माइतीघर मण्डलामा भेला हुने तयारी गरिरहेका बेला भेला हुन नदिने भन्दै  जेन-जी घाइतेहरू माइतिघर मण्डलामा पुगेका छन् । उनीहरूले आफूहरू न्यायका लागि लडिरहेको भन्दै त्यहाँ कसैलाई आउन नदिने बताइरहेका छन् । एमाले युवाहरू माइतीघरमा भेला भई बानेश्वरसम्म मार्चपास गर्दै बबरमहलको कार्की व्यांक्वेटमा एनभीएफ घोषणाको तयारीमा छन् ।

अहिले प्रहरीले माइकिङ गरेर माइतीघरमा कुनै भेलाको आयोजना नभएको भन्दै उनीहरूलाई संयमित रहन आग्रह गरिरहेको छ । समाजमा बढेको असुरक्षा, अशान्ति र भदौ २३-२४ को घटनापछि आम मानिसको खस्किएको मनोबल उठाउन भन्दै एमालेले भोलेन्टियर फोर्स बनाउन लागेको छ ।

Related Post