89
कात्तिक, काठमाडौं । जेनजी आन्दोलनमा तोडफोड र आगजनी भएको नेकपा एमालेको केन्द्रीय कार्यालय विदेशमा भएका नेकपा एमालेका युवाहरुले बनाइदिने भएका छन् ।
कार्यालय बनाउन १० करोड लाग्ने र उक्त भवन विदेशमा रहेका नेपाली युवाहरुले बनाइदिने घोषणा गरेको एमालेका नेता महेश बस्नेतले बताएका छन् । जलेकै भवनलाई पुनःनिर्माण गरेर पार्टी कार्यालयको रुपमा चलाउने निर्णय गरेसँगै विभिन्न देशमा भएका युवाहरुले फोन गरेर आफूहरुले पुनःनिर्माण गरिदिने बताएको बस्नेतले फेसबुक मार्फत जानकारी गराएका हुन्।