एमालेको निर्णय : लुम्बिनीको नेतृत्व आचार्यकै हातमा

30 July, 2026 41 Views
एमालेको निर्णय : लुम्बिनीको नेतृत्व आचार्यकै हातमा
41

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चेतनारायण आचार्य लाई नै निरन्तरता दिने सहमति भएको छ। एमाले र नेकपाबीच सत्ता सहकार्यको सहमति भएपछि नेतृत्व परिवर्तनको चर्चा चले पनि एमाले नेतृत्वले आचार्यमै विश्वास कायम गरेको हो।

भक्तपुरको गुण्डुमा एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शङ्कर पोखरेल, मुख्यमन्त्री आचार्य र पूर्वमुख्यमन्त्री लीला गिरीबीच भएको छलफलले आचार्यलाई नै मुख्यमन्त्री कायम गर्ने निर्णय गरेको हो।

मुख्यमन्त्री आचार्यले सहमतिको पुष्टि गर्दै अब नेकपासँग सरकार गठन र सत्ता सहकार्यबारे थप छलफल अघि बढ्ने बताएका छन्।

केन्द्रमा एमाले–कांग्रेस गठबन्धन अन्त्य भएसँगै लुम्बिनीमा नयाँ सत्ता समीकरण बन्ने तयारी भइरहेका बेला नेतृत्व भने आचार्यकै हातमा रहने निश्चित भएको छ।

 
 

Related Post