एमालेले गर्यो निर्वाचन आयोगमा दल दर्ता

एमालेले गर्यो निर्वाचन आयोगमा दल दर्ता
84

मंसिर,काठमाडौं । प्रतिनिधि सभाको निर्वाचन प्रयोजनका लागि नेकपा एमालेले मंगलबार निर्वाचन आयोगमा दल दर्ता गरेको छ । निर्वाचन आयोग पुगेर एमाले निर्वाचन विभागका प्रमुख निरज आचार्य र कार्यालय सचिव डा।भीष्म अधिकारीले दल दर्ताको निवेदन दिएका हुन् । आयोगले प्रतिनिधि सभा सदस्यको निर्वाचन प्रयोजनका लागि दलहरुलाई मंसिर १० गतेसम्मको समय प्रदान गरेको छ ।

हालसम्म ६४ दलले निर्वाचन प्रयोजनका लागि दल दर्ता गरिसकेका छन् । दलले निर्वाचन प्रयोजनका लागि दल दर्ता नगरे निर्वाचनमा भाग लिन पाउँदैनन् ।
 

Related Post