एमालेले किरण थापालाई बागमतीको मुख्यमन्त्री बनाउने, थपलियालाई दल नेतामै निरन्तरता

18 August, 2026 62 Views
एमालेले किरण थापालाई बागमतीको मुख्यमन्त्री बनाउने, थपलियालाई दल नेतामै निरन्तरता
62

काठमाडौं — नेकपा एमाले बागमती प्रदेश संसदीय दलको आज बसेको बैठकले बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापालाई अघि बढाउने निर्णय गरेको छ। यद्यपि, संसदीय दलका नेता जगन्नाथ थपलियालाई भने दलको नेतामै निरन्तरता दिने सहमति भएको छ।

थापालाई मुख्यमन्त्री बनाउन थपलियाविरुद्ध संसद् सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता लिने रणनीति एमालेले बनाएको हो। थापा बागमती प्रदेश सरकारमा दुई पटक स्वास्थ्य मन्त्री भइसकेका छन्। पछिल्लो पटक उनी स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयमा स्वास्थ्यसम्बन्धी जिम्मेवारी सम्हाल्दै सरकारमा सहभागी थिए। एमालेले बागमती सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उनले अन्य एमाले मन्त्रीहरूसँगै राजीनामा दिएका थिए।

 

यससँगै मुख्यमन्त्री चयनका लागि एमालेले पार्टीभित्रको शक्ति सन्तुलन मिलाउँदै अन्य दलसँग पनि संवाद अघि बढाउने भएको छ।बैठकमा एमालेका २५ सांसदसहित बागमती प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुंगेल र पार्टी सचिव तथा बागमती प्रदेश इन्चार्ज महेश बस्नेत सहभागी थिए।

बैठकले एमालेको पक्षमा सहमति निर्माण गर्न अन्य दलसँग समन्वय गर्ने जिम्मेवारी किरण थापा, केशव पोखरेल, भारती पाठक, दिनेशचन्द्र देवकोटा र भरत केसीलाई दिएको छ।

Related Post